Logo

कर्पोरेट फोकस

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’



सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवालाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(आईपीएल)को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ ।

बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा शुरू गरेको हो ।

यस भर्चुअल कार्डमार्फत् ग्राहकले बिना भौतिक कार्ड १८ लाखभन्दा बढी फोनपे नेटवर्कका व्यावसायिक स्थानमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई लक्षित गरी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, पूर्ण नियन्त्रण तथा उच्च सुरक्षा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत् सजिलै आवेदन दिन, कार्ड प्राप्त गर्न तथा सक्रिय गर्न सक्नेछन् । साथै, कार्डको सीमा व्यवस्थापन, लक तथा अनलक, स्टेटमेन्ट हेर्ने लगायतका सबै सुविधा एउटै एपबाट सहज रूपमा गर्न सकिने बैंकले जनाएको छ ।

सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा, ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्, कुल क्यासब्याक अधिकतम रु. ७५० सम्मको हुनेछ (जसले सदस्यता शुल्क समायोजन गर्नेछ) ।

यो अफर केवल सीमित अवधिका लागि लागू हुनेछ अर्थात् ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मान्य हुनेछ । यस अवसरमार्फत ग्राहकहरूले सहज डिजिटल भुक्तानीको अनुभव लिनुका साथै आफ्नो सदस्यता शुल्क पनि प्रभावकारी रूपमा समायोजन गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १४:५४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।