Logo

अर्थ

‘एनएमबि इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा



काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ ।

यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब रु ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई)मा रूपान्तरण गर्न सक्नेछन् ।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पीओएस स्लिप १० दिनभित्र ई एनएमबी एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन् ।

न्युनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ ।

एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १३:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।