Logo

अर्थ

फेरि बढ्यो अन्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट?



काठमाडौं । १० दिनअघि बढेको अन्डाको मूल्य फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

१३ मंसिरमा अन्डाको मूल्य बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ ।

यस्तै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ । मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १२:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।