काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई)मा सरकारले नियमन गर्ने भएको छ । राष्ट्र बैंकले एआईसम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो नियमनको तयारी गरेको हो ।
यसका लागि उक्त मार्गदर्शनको मस्यौदा तयार गरी सार्वजनिक सुझावका लागि आह्वान गरेको छ । पुस १५ सम्मको प्राप्त सुझाव समेतलाई समेतटेर उक्त मापदण्ड लागु हुने राष्ट्र बैंकले जनाएको छ ।
मार्गदर्शनका मुख्य उद्देश्य
वित्तीय स्थिरता, अखण्डता र सञ्चालन लचिलोपन सुनिश्चित गर्दै दक्षता, नवीनता र ग्राहक अनुभवमा सुधार गर्ने तरिकाले एआई प्रविधि अपनाउनु।
एलआईमा एआई एप्लिकेसनहरु पारदर्शी, व्याख्यायोग्य, निष्पक्ष र जवाफदेही छन् भनी सुनिश्चित गर्नु र तिनीहरुले ग्राहक अधिकारलाई समर्थन गर्छन्, डेटा गोपनीयताको सुरक्षा गर्छन् र भेदभावपूर्ण वा गलत परिणाम उत्पादन गर्दैनन् भन्ने सुनिश्चित गर्नु।
सञ्चालन, नैतिक, प्रणालीगत, मोडेल, र साइबर जोखिमहरुसहित एआईसँग सम्बन्धित जोखिमहरुलाई न्यूनीकरण गर्नु र बैंक तथा वित्तीय संस्थाहरुमा यी जोखिम व्यवस्थापन गर्न उपयुक्त शासन संरचना छन् भनी सुनिश्चित गर्नु।
जनसंख्याको सबै वर्गलाई पहुँचयोग्य र किफायती वित्तीय सेवा प्रदान गर्न एआई प्रयोग गर्ने प्रतिस्पर्धात्मक र समावेशी वित्तीय क्षेत्रलाई प्रवर्द्धन गर्नु।
यी दिशानिर्देश राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा लागू हुनछन्। अर्थात् वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्था, नेपाल पूर्वाधार बैंकका साथै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) यो मार्गदर्शन लागू हुनेछ।





















प्रतिक्रिया