Logo

प्रमुख समाचार

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न निर्देशन



काठमाडाैं । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते मृत्यु भएका ४५ जनालाई शहीद सूचीमा राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै उक्त सूचीकृत नाम तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न सर्कुलर गरेको हो।

सूचनामा देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई ‘जेनजी सुशासन योद्धा’ का नाममा मृत्यु भएका व्यक्तिहरूको नामावली कार्यालयमा राख्न स्पष्ट निर्देशन गरिएको छ।

निर्देशनअनुसार सम्बन्धित कार्यालयहरूले आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको नामावली तोकिएको समयभित्र प्रदर्शित गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १५:१०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।