Logo

प्रमुख समाचार

महाधिवेशनमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश



नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक बन्द गर्ने निर्णयप्रति नेता महेश बस्नेतले आपत्ति जनाएका छन्।

एमालेको मंसिर २७–२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकारले गरेको निर्णय प्रतिशोधपूर्ण भएको उनको भनाइ छ। नेता बस्नेतले ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री र सरकारले प्रतिशोध राखेर यो अवधिमा सडक बन्द गर्ने निर्णय गरेको आरोप लगाएका छन्।

नेता बस्नेतले भनेका छन्, ‘एमालेको मंसिर २७–२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन-प्रतिशोधको राजनीति हो।

याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ्।’ उनले यो निर्णय तत्काल फिर्ता गरेर पुस पहिलो हप्तादेखि गर्नु सरकार र कुलमान दुबैको हितमा हुने सुझाव दिएका छन्।

‘मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ’, उनले भनेका छन्।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार ०९:३१   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।