काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारलाई सबैभन्दा ठूलो मानवअधिकार चुनौती भन्दै त्यसविरुद्ध आवश्यक परे कठोर कदम चाल्न सरकारले नहट्ने बताएकी छन्।
राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा उनले पारदर्शिता र जवाफदेहिताबिनाको अवस्थाले मानवअधिकार सुरक्षित नहुने भएकाले सरकार दृढतापूर्वक अघि बढिरहेको प्रष्ट पारिन्।
उनले संक्रमणकालीन न्यायलाई पीडितमैत्री निष्कर्षमा पुर्याउन हाल संशोधित कानुनका आधारमा काम अघि बढाइने बताइन्। आगामी फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उनले आग्रह गरिन्।
कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ र भयरहित निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थाको माग गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराए।





















प्रतिक्रिया