Logo

मनोरञ्जन

‘बिगुल’को टिजर सार्वजनिक



काठमाडौं । ‘बिगुल’ फिल्मको टिजर आइतबार सार्वजनिक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ ।

फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ले भने राजनीति, परिवार, समाज, सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ ।

फिल्मबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर,समाज,देशमा के कस्ता घटना,राजनीति भइरहेको छ, त्यसबारेमा समेत जानकारी दिने बिश्वास निर्देशक कोइरालाको छ । ‘फिल्मलाई मनोरञ्जनका साथमा बिचारका रुपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’,‘लीला’ र ‘नीरमाया’ फिल्म निर्देशन गरेका सिनीयर निर्देशक कोइराला भन्छन्,‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ ।’

कथाकार, निर्माता कोइरालाले ‘बिगुल’ मा आफूहरुले उठाएको मुख्य मुद्धा र अहिले जेन्जी पुस्ताले राखेको माग, देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको बताउँदै आएका छन् ।

जेन्जी आन्दोलनप्रति समर्पित गरिएको ‘बिगुल’ मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन् ।

 

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १६:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।