मेष : स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा मन जानेछ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ । व्यापारमा फाइदा होला ।
वृष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा आलश्यले समय लिनेछ । गफगाफमा दिन बित्नेछ । सञ्चित धनको खर्च हुनेछ । दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ ।
मिथुन : दिन सामान्य राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । विदेशी लगानी भए फाइदा हुनेछ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनेछ ।
कर्कट : साथीभाइले सहयोग गर्नेछन् । मन प्रशन्न रहनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ ।
सिंह : दिन राम्रो छ । रोगबाट मुक्त हुने दिन छ । साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ । आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल मिल्नेछ ।
कन्या : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । पढ्न जोस र जाँगर बढ्नेछ । अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ । परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ ।
तुला : मनमा उत्साह बढ्नेछ । आम्दानीका स्रोत सबल बन्नेछन् । आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ । पुरानो रोगले सताउने जोखिम छ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।
वृश्चिक : सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खर्च बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ ।
धनु : दिन राम्रो छ । थोरै मिहिनेतमा महत्त्वपपूर्ण काम बन्नेछ । व्यापारमा लगानी गर्नुपर्ने समय छ । स्वास्थ्यमा लाभ मिल्नेछ । शत्रु सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।
मकर : बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ । कर्मशील साथीसँग भेट हुनेछ । साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ ।
कुम्भ : पठनपाठनमा मन जानेछ । धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ । बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ ।
मीन : आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।




















प्रतिक्रिया