Logo

अर्थ

उच्च मूल्यबाट १७०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ११:२३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।