Logo

मनोरञ्जन

‘बैकुण्ठ यात्रा -२’ अब डिसहाेम गाेमा शीघ्र प्रसारण हुँदै



काठमाडाैं । सरोज खनाल अभिनित नेपाली सिरिज “बैकुण्ठ यात्रा – २” को दोस्रो सिजन DishHome GO एपमार्फत दर्शकमाझ आउने भएको छ ।

यस सिरिजले भावनात्मक यात्रा, सामाजिक संघर्ष र जीवनदर्शनलाई अझ गहिरो रूपमा प्रस्तुत गर्नेछ । मुख्य कलाकारहरू सरोज खनाल, प्रियारानी लामा, अञ्जु निरौला, नीलम चन्द, प्रवण भुसाल, श्रीदेव बी.एल, रोजी लमिछानेको दमदार अभिनय यस सिरिजमा देख्न पाइनेछ ।

यस सिजनमा कुल १८ एपिसोड रहेको छ जसमा प्रेम, मनोभावनात्मक उतार-चढाव र आत्मिक यात्राको निरन्तरता देखाइनेछ । नेपाली दर्शकहरूले अत्यन्तै सहुलियतदरमा उच्च गुणस्तरको डिजिटल मनोरञ्जन पाउन सकून् भन्ने उद्देश्यले नेपालभित्रका दर्शकहरूका लागि सम्पुर्ण एपिसोडको मात्र रु. ४९ र नेपालबाहिर (विदेश) बाट हेर्ने दर्शकहरूका लागि १ डलर मुल्य निर्धारण गरिएको छ ।

डिसहाेम गाेले नेपाली कन्टेन्टलाई विश्वभर पुर्याउने आफ्नो दृष्टिकोणलाई अघि बढाउँदै, स्थानीय सिर्जना र कलाकारहरूलाई विश्वव्यापी स्तरमा जोड्ने लक्ष्य अघि सारेको छ । बैकुण्ठ यात्रा-२ ले यस यात्रालाई थप मजबुती दिने विश्वास कम्पनीले लिएको छ । यो सिरिज डिसहाेम गाे एप मार्फत नेपाल तथा विदेश सबै ठाउँबाट हेर्न सकिनेछ । डिसहाेम गाे एप Android र iOS दुबैमा उपलब्ध छ ।

 

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १४:५६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।