Logo

अर्थ

१८ अंकले बढ्याे सेयर बजार, ३ अर्ब २९ करोडकाे काराेबार



काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८.३७ अंकले बढेर २,६१९ को विन्दुमा कायम भएको छ ।

आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब २९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १५:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।