Logo

अर्थ

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने



काठमाडाैं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ ।

बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा (रियल टाइम) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।

बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ (Online Loan Tracker) चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।

यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले बिश्वास लिएको छ ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १७:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।