Logo

प्रमुख समाचार

रवि आज रिहा हुँदै, रिहाइ प्रक्रिया पूरा गर्न रुपन्देही गए



काठमाडौं । रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि लामिछाने काठमाडौंबाट रुपन्देही गएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् ।

रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १०:५१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।