काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २,५८४ को विन्दुमा कायम भएको छ ।
आज १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ४२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सागर डिष्टिलरीको ८ करोड ५३ लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया