Logo

अर्थ

नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा



काठमाडौं । नागरिक लगानी कोषले आफ्नो ३१औं वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ । सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत)गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।

सभाले कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १०:५४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।