Logo

प्रमुख समाचार

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो ।

रवि र बालेनले मंगलबार राति ६ घन्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् ।

यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए । पहिलो चरणमा सबै नेताहरूबीच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् ।

 

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १३:३६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।