Logo

अर्थ

हुन्डाई नेपालले ल्यायो ‘Winter Delight’ अभियान, आकर्षक छुट र सुविधा पाइने



काठमाडाैं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘Hyundai Winter Delight’अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ।

यस Winter Delight अभियान अन्तर्गत, ग्राहकहरुले रु. ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा रु. १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै, १ वर्षको नि:शुल्क बीमा सेवा र नि:शुल्क सडक करको पनि लाभ लिन सकिनेछ।

हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको नि:शुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा संचालित यस योजनाले आकर्षक छुट र सुविधाहरु मार्फत ग्राहकहरुलाई हर्ष र उमङ्ग बाँड्ने प्रयास गरेको कम्पनीको भनाई छ ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १३:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।