Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्ने आज अन्तिम माैका



काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बिक्री आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरिएकोमा सो को प्रि–अलोटमेन्ट भईसकेको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार ११:०६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।