Logo

प्रमुख समाचार

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार बिहान उनी नेकपा प्रवेश गरेका हुन् ।

हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमै पुगेका उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

उनलाई तत्काल केन्द्रीय सदस्य र बाँकी जिम्मेवारी थप छलफलपछि दिइने तयारी रहेको प्रचण्डनिकट एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार ११:१३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।