काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको मूल्य २ लाख ७० हजार नजिक पुगेको हो ।
शुक्रबारको कारोबारमा सुनको मूल्य १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायही महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५६५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया