Logo

अर्थ

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने



काठमाडाैं । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा धुमधामका साथ तमु ल्होसार मनाइने गरिन्छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ ।

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार १०:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।