काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो।
पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमति र केही क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ ।



























प्रतिक्रिया