काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन् ।
प्राथमिक निर्वाचनमा बढी मत ल्याएकाहरू समानुपातिक सूचीमा पछि परेको भन्दै पार्टीभित्र प्रश्न उठ्न थालेपछि केन्द्रीय सदस्य पराजुलीले सूची सच्याउने बताएका हुन् ।
पराजुलीले सामाजिक सञ्जालमार्फत धारणा राख्दै भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्मका लागि तोकेको छ ।





















प्रतिक्रिया