Logo

अर्थ

तोलामा २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा काराेबार भएको सुन आज २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला ११० रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रबार बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार ११:२४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।