Logo

मधेश प्रदेश

आफ्नै प्रदेशमै सस्तो र छिटो उपचार सुनिश्चित गर्न मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशन



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठ वटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउन कडा निर्देशन दिएका छन् ।

जनकपुरमा आयोजित बैठकमा मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि समेत प्रदेश बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्थापन र प्रशासनिक समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिए ।

बैठकमा जनताबाट आएका गुनासा, उपचारका क्रममा देखिएका समस्याहरू तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक कार्य गर्दै परिणाममुखी र जनमैत्री सेवा दिन आग्रह गरे ।

प्रदेश सरकारले स्वास्थ्य सेवाको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधार मधेश प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १३:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।