Logo

अर्थ

बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।

बोलकबोल मार्फत २५ अर्ब रुपैयाँ ऋणपत्र जारी हुने गर्ने भएको हो । उक्त निक्षेपको अवधि एक वर्षको हुने राष्ट्र बैंकले जनाएको छ ।

आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

उक्त निक्षेपको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १२:३२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।