Logo

प्रमुख समाचार

ओली र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । दुई नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो द्धिपक्षीय भेट हो ।

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भए पनि सहमति भइसकेको छैन । माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसतर्फबाट तालमेलको प्रस्ताव आएको र छलफल जारी रहेको बताएका छन् ।

आगामी ११ माघमा हुने निर्वाचनका लागि १८ सिटमा मतदान हुनेछ भने १ सिट राष्ट्रपतिबाट मनोनित हुनेछ । पुस २३ गते मनोनयन दर्ता मिति नजिकिँदै जाँदा दलहरूबीच संवाद बाक्लिएको नेताहरूले बताए ।

 

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १२:४०   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।