Logo

अर्थ

होटल फरेस्ट इनले पायो आईपीओ निष्कासनको अनुमति



काठमाडाैं । होटल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न पुस २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १६:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।