काठमाडाैं । पिस इनर्जी कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ)निष्काशन तथा बिक्री व्यवस्थापनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतामा आज दुवै पक्षबीच हस्ताक्षर भएको छ ।
सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र पिस इनर्जी कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका छन्।
पिस इनर्जी कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात ३२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने लक्ष्य राखेको छ।
कम्पनीले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै बहने कावेली खोलाको पानीको सदुपयोग गर्दै २८.१ मेगावाट क्षमता भएको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना हाल ६१ प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसकेको छ र २०८३ कार्तिक १४ भित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।




















प्रतिक्रिया