काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बुले नाम फिर्ता लिएका छन्।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।
पार्टी र नेतृत्वसँगको सल्लाहअनुसार नै आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको तर पार्टी एकतापछिको अवस्थामा नेतृत्वको बाध्यता बुझ्दै नाम फिर्ता लिएको उनको भनाइ छ।
‘एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनुभएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ। नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता-कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ,’ उनले भनेका छन्।





















प्रतिक्रिया