काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गरेका छन्।
मंगलबार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले नेपाल विद्युत प्राधिकरणमा मात्रै २/३ सय इन्जिनियर आवश्यक भए पनि त्यसका लागि दरबन्दी थप्न गरिएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति नदिएको बताएका हुन्।
उनले मुलुकमा इन्जिनियरहरुको धेरै डिमाण्ड रहेकोसमेत बताए। उनले भने, ‘सरकारी संस्थानहरुमा इन्जिनियरहरुको धेरै डिमान्ड छ। हामीले इलेक्ट्रिक इन्जिनियर पुर्याउन सकेका छैनौँ। कम्प्युटर इन्जिनियर, आइटी इन्जिनियरहरुको धेरै ठूलो डिमान्ड छ। र त्यसको दरबन्दी क्रियट गर्न खोज्दाखेरी अर्थ मन्त्रालयले दिँदैन।’





















प्रतिक्रिया