Logo

प्रमुख समाचार

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगायो



काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेलबारे छलफल जारी रहँदै गर्दा कांग्रेसले सातै प्रदेशबाट चयन गरिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

कांग्रेसका एक शीर्ष नेताकाअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

त्यसैगरी गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे ‘जंगली’ (अपांगता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) उम्मेदवार रहेका छन्।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार ११:५७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।