Logo

प्रमुख समाचार

गगन थापालगायत विशेष महाधिवेशन पक्षधर नेताहरू बुद्धिजीवीसँग परामर्शमा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित विशेष महाधिवेशन पक्षधर नेताहरूले बुद्धिजीवीहरूसँग परामर्श थालेका छन् ।

छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटेलमा छलफल जारी छ ।

यसैबीच विशेष महाधिवेशन पक्षधरले महाधिवेशन आह्वान गरेका छन् ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १५:४०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।