काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन्।
उनले आज बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन्।
घिसिङले पत्रकार सम्मेलनमार्फत् मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
घिसिङ गत भदौ ३० गते प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त भएका थिए।
पछिल्लो केहि समययता पदमा हुँदाहुँदै राजनीतिमा सक्रिय भएपछि प्रधानमन्त्री कार्कीले उनीलगायत राजनीतिमा सक्रिय मन्त्रीहरुलाई राजिनामा दिएर मार्गप्रशस्त गर्ननिर्देशन दिएकी थिइन्।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति बनेका घिसिङले भने आफू कुनै राजनीतिक दलमा आवद्ध नभएको दावी गर्दै आएका थिए।
गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सातबुँदे सहमति भएको थियो। सो सहमतिअनुसार घिसिङ रास्वपाको उपसभापति हुने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै पक्ष संयुक्त रूपमा अघि बढ्ने सहमती भएको थियो।





















प्रतिक्रिया