Logo

मनोरञ्जन

नेपाली सिरिज ‘घर…एक सपना’ डिसहाेम गाे ओटिटि एपमा शुक्रबारदेखि स्ट्रिमिङ हुने



काठमाडौं । नेपाली दर्शकहरूका लागि कन्टेन्ट प्रस्तुत गर्दै आएको डिसहाेम गाे ओटिटि एपले नेपाली सिरिज ‘घर…एक सपना’ शुक्रबारदेखि एपमार्फत स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ।

सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायत चर्चित कलाकारहरूको अभिनय रहेको उक्त सिरिज अब डिसहाेम गाे ओटिटि एपमा दर्शकहरूले हेर्न सक्नेछन्।

आयुषा पोखरेलको प्रस्तुति रहेको ‘घर…एक सपना’ ले एक नेपाली परिवारको बिखरिँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक तथा यथार्थपरक ढंगले चित्रण गरेको छ। कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडहरूमार्फत अघि बढाउँदै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा डोर्‍याउँछ।

लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिजमा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका अनुभवी र लोकप्रिय कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। सिरिजमा विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको समेत अभिनय रहेको छ। पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिरिजलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

डिसहाेम गाे ओटिटि एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित छ, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, विविध मनोरञ्जनात्मक सामग्री र लाइभ टेलिभिजन सहज रूपमा उपलब्ध छन्। डिसहाेमले गुणस्तरीय, नयाँ र मौलिक नेपाली सामग्री प्रस्तुत गर्दै डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १४:३६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।