Logo

प्रमुख समाचार

कुलमानले अन्तिमसम्म पनि बार्गेनिङ्ग गरिरहे – रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग अन्तिम क्षणसम्म प्रयास गरे पनि पार्टी एकता जोगाउन नसकिएको बताएका छन्।

सचिवालय बैठकमा सभापति लामिछानेले एकता प्रक्रियाका क्रममा बारम्बार नयाँ–नयाँ सर्तहरू आउँदै गएपछि सहकार्य सम्भव नभएको निष्कर्षमा पुगिएको जानकारी गराएका हुन्। बैठकमा उनले उज्यालो नेपाल पार्टीतर्फबाट पदको बार्गेनिङ निरन्तर चलिरहेको र सहमतिको दायरा पटक–पटक परिवर्तन हुँदै गएको बताए।

रविको भनाइ उद्धृत गर्दै एक नेताले भने, “नयाँ मागहरू निरन्तर थपिँदै गए। पदको लेनदेन चलिरह्यो। अन्ततः निर्वाचन क्षेत्रसम्म बाँडफाँट गरेर जानुपर्ने सर्त आएपछि सहकार्य अघि बढ्न नसक्ने ठहर भयो।”

उनका अनुसार प्रारम्भिक सहमतिभन्दा बाहिर गएर महामन्त्रीसहितका महत्वपूर्ण पदहरू माग गरिएको विषय पनि सभापति लामिछानेले सचिवालय बैठकलाई अवगत गराएका थिए।

यससँगै रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता प्रयास औपचारिक रूपमा टुंगिएर घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन्।

प्रकाशित मिति : २६ पुष २०८२, शनिबार १७:३३   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।