काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता टुटेसँगै उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको बताएका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर राखेको बताउँदै धोका भएको स्पष्ट पारे। आफ्ना कार्यकर्तालाई पार्टी प्रवेश गराएर अन्ततः एकता भंग गरेको उनको आरोप थियो।
१२ दिनसम्म इंगेज गराएर राखेको र सोही अवधिमा उज्यालो नेपालका धेरै साथीहरूलाई रास्वपामा प्रवेश गराएको उनको भनाइ थियो। ‘यो १२ दिन अत्यन्तै पीडा भयो। हामीलाई यो १२ दिन इंगेज गराएर राख्नुभयो।
हाम्रा धेरै साथीहरूलाई रास्वपा प्रवेश गराउनुभयो,’ उनले भने। उनले मुख्य मुद्दामा समावेशी र संघीयतासँग सम्बन्धित संविधानले देखाएका विषयमा सहमत भए पनि त्यसबाट पछि हटेको गुनासो गरे।




















प्रतिक्रिया