Logo

अर्थ

सुनको मूल्य तोलामा २८ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँको वृद्धि भएको छ ।

आज तोलाको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । गत पुस १३ गते पनि सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

शुक्रबार प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ८ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २१० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार ११:३६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।