Logo

अर्थ

भद्रपुरमा जहाजको ढोका खोल्न सहयोग गर्ने यात्रुलाई १ लाख नगदसहित बुद्धको सम्मान



काठमाडौं । गएको जनवरी २ मा काठमाडौंबाट भद्रपुरतर्फ उडेको उडान नम्बर ९०१ मा उत्पन्न आकस्मिक र कठिन परिस्थितिमा यात्रु उमेश मोक्तान तामाङले देखाएको साहस र मानवीय संवेदनशीलताको उच्च कदर गरिएको छ।

उडानका क्रममा समस्या आएपछि तामाङले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गर्दै अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको यही सतर्कता र तत्परताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ ।

उनले देखाएका साहसिक योगदानको सम्मानस्वरूप आज भद्रपुरमा आयोजित कार्यक्रममा रु. १ लाख नगद पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको हो।

आयोजक संस्थाले संकटको क्षणमा तामाङले देखाएका नेतृत्व, धैर्य र मानवताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै उनको कार्यले सबैका लागि प्रेरणादायी भएको जनाएको छ ।

सामान्य यात्रु भएर पनि असामान्य साहस देखाउन सकिन्छ भन्ने उदाहरण बनेका उमेश मोक्तान तामाङ आज केवल सम्मानित व्यक्ति मात्र होइनन्, संकटमा मानवताको उज्यालो बनेका पात्रका रूपमा स्मरणीय बनेका छन्।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १७:१९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।