Logo

अर्थ

टीसीएलद्धारा आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक



काठमाडौं । टीसीएलले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता अभियानको दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने खेललाई लक्षित गर्दै ‘नेपालको सान, मुम्बईको मैदान’ अभियानअन्तर्गत दोस्रो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दोस्रो चरणका विजेता पोखराका टेकनाथ भण्डारी हुन् । उनले पोखरास्थित मोडर्न डिजिटल इलेक्ट्रोनिक्सबाट टीसीएल क्युएलइडी टेलिभिजन खरिद गरी अभियानमा सहभागिता जनाए ।

यस योजनाअन्तर्गत विजेताले चार रात पाँच दिनको मुम्बई यात्रासहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्राका लागि काठमाडौं–मुम्बई आवतजावतको हवाई टिकट, होटल बसाइ, खेल टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएलले नै व्यहोर्ने जानकारी दिइएको छ ।

कम्पनीका अनुसार टीसीएल वासिङ मेसिन खरिद गर्दा तीन केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिनुका साथै निःशुल्क जडान सुविधा उपलब्ध गराइएको छ ।

त्यसैगरी टीसीएल एअर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा नेट टेलिभिजनको नौ महिनाको निःशुल्क सदस्यता पनि प्रदान गरिएको छ ।

नागरिकताको आधारमा किस्ताबन्दी सुविधा तथा पुरानो सामान साटेर नयाँ किन्न सकिने साटासाट अफर पनि लागू गरिएको कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन ग्राहकले टीसीएल स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ मा सन्देश पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस अभियानमा आगामी चरणका विजेता बन्ने अवसर अझै बाँकी रहेको टीसीएल नेपालले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गत नेपालमा वितरण हुँदै आएको टीसीएल ब्रान्ड टेलिभिजन, वासिङ मेसिन तथा एअर कन्डिसनर जस्ता उत्पादनमार्फत गुणस्तर, नवीन प्रविधि र विश्वसनीय सेवाका कारण नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १४:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।