Logo

प्रमुख समाचार

गगन नेतृत्वको कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन



काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

सभापति थापा सहितको पदाधिकारी टोली कानुनविद्हरूका साथ निर्वाचन आयोग पुगेर कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष पार्टी विवरण अद्यावधिक गर्न औपचारिक अनुरोध गरेको हो।

भेटका क्रममा सभापति थापाले निर्वाचनको समय नजिकिएकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन आग्रह गरेका छन्। उनले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको जानकारी पनि गराए।

थापाले विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पार्दै यो व्यवस्था बाध्यकारी रहेको बताए। उक्त व्यवस्थाअन्तर्गत सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएकाले अब निर्वाचन आयोगमा रहेको नेपाली कांग्रेसको आधिकारिक विवरण अद्यावधिक हुनुपर्ने उनको भनाइ थियो।

निर्वाचन आयोगले निवेदन अध्ययन गरी कानुनी प्रक्रिया अनुसार आवश्यक निर्णय लिने जनाएको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १५:३९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।