Logo

समाचार

कोरोना हटस्पट नयाँ दिल्ली : फेरी लकडाउन गर्ने तयारीमा मुख्यमन्त्री केजरीवाल



कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा दिल्लीमा फेरि लकडाउन गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । उनका अनुसार केन्द्रीय सरकारसँग उनीहरुले लकडाउन गर्न अनुमति दिन अनुरोध गरेका छन् । 

पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोनाभाइरसको प्रभाव बढ्दै जाँदा र दिल्ली हटस्पट बन्दै जाँदा यो लकडाउन लगाउन केजरीवालले चाहेका हुन् । 

यसका साथसाथै दिल्लीमा अब वैवाहिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । यसअघि दिल्लीमा २ सय जनालाई वैवाहिक कार्यक्रममा उपस्थित हुने अनुमति दिइएको थियो ।

दीपावलीमा मानिसहरुले मास्क नलगाइ कार्यक्रमहरुमा सहभागी भएकाले दिल्लीमा कोरोना संक्रमित अब ह्वात्तै बढ्न सक्ने पनि उनले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  ४ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।