Logo

अर्थ

३१ अंकले बढ्याे सेयर बजार, ८ अर्ब ४० करोडकाे कारोबार



काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३१.१२ अंकले बढेर २,६७२ को विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.७८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १५:१६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।