Logo

समाचार

आज राति १२ बजेबाट निर्वाचन आचार-संहिता लागु हुने



काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो।

आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुनेछ।

आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:१७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।