Logo

प्रमुख समाचार

एमाले अध्यक्ष ओली झापा जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् ।

एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा-५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

झापा-५ बाट रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने तय भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १०:०९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।