एमालेले बोहराको ठाउँमा दीपक साउदलाई आधिकारिक उम्मेदवार बनाएको छ । साउदको राजनीतिक पृष्ठभूमि हेर्दा उनी माओवादी आन्दोलनबाट आएका हुन् ।
उनी माओवादी छाडेर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्यसमेत बनेका थिए ।
साउदले आफूलाई एमालेले टिकट दिएको पुष्टि गर्दै यसमा पूर्वघोषित उम्मेदवार बोहराको पनि पूर्ण समर्थन रहेको दाबी गरेका छन् ।
यस क्षेत्रको चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक हुने देखिएको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट भीम रावल पनि चुनावी मैदानमा उत्रँदै छन् ।
२०७० सालको चुनावमा रावलले एमालेबाट जित्दा यिनै दीपक साउद माओवादीका तर्फबाट मुख्य प्रतिस्पर्धी थिए ।
अघिल्लो निर्वाचनमा भने यो क्षेत्रमा एकीकृत समाजवादीले जित हासिल गरेको थियो ।
प्रतिक्रिया