तनहुँ । तनहुँमा नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि टिकटको टुंगो लगाएको छ ।
क्षेत्र नम्बर १ मा गोविन्द भट्टराईलाई कांग्रेसले टिकट दिएको हो । यसअघिको उपनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेसँग पराजित भएका थिए । अहिले कांग्रेसले टिकट दिएसँगै उनी वाग्लेसँग आमनेसामने हुने पक्का भएको हो ।
क्षेत्र नम्बर २ मा भने शंकर भण्डारीले पुनः टिकट पाएका छन् । भण्डारी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एमालेले १ बाट भगवती न्यौपाने र २ बाट केदार सिग्देललाई उठाएको छ । भण्डारीको प्रतिस्पर्धी रास्वपाबाट श्रीराम न्यौपाने टुंगिएका छन् ।




















प्रतिक्रिया