काठमाडौं । ‘डिशहोम गो’मा तीन वटा नेपाली चलचित्र तथा सर्टफिल्म एकसाथ उपलब्ध भएका छन् । डिशहोम गो का ग्राहकहरूले अब नेपाली चलचित्र सेन्टीभाईरस, डेसान तथा सर्टफिल्म दुई–चार दिन हेर्न सक्नेछन्।
चुनावी माहोल, राजनीतिक दाउपेच र हास्य रसले भरिएको चलचित्र सेन्टीभाईरसले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ। यस्तै, सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा पर्ने प्रभावलाई चित्रण गरिएको चलचित्र डेसानले दर्शकलाई सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।
यी चलचित्रहरू पुराना भए पनि सिनेमाघरमा हेर्न छुटाएका दर्शकहरूका लागि डिशहोम गो ले ‘पे–पर–भ्यु’ सुविधामार्फत हेर्ने अवसर उपलब्ध गराएको हो।
यसैबीच, नेपाली सर्टफिल्महरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहे पनि सर्वसाधारण दर्शकले सहज रूपमा हेर्न नपाइरहेको अवस्थालाई ध्यानमा राख्दै डिशहोम गो ले नेपाली सर्टफिल्महरूलाई पनि आफ्नो प्लेटफर्ममा समेट्दै आएको छ। यही क्रममा भिनेस राज मौर्य निर्देशित सर्टफिल्म दुई–चार दिन पनि अब डिशहोम गो मार्फत हेर्न सकिने भएको छ।
डिशहोम गो ले नेपाली चलचित्र र सर्टफिल्मलाई डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ पुर्याउने प्रयासलाई निरन्तरता दिँदै आएको जनाएको छ।





















प्रतिक्रिया