Logo

समाचार

रास्वपाकी उम्मेदवार आशिका तामाङ पीआर विवादपछि जर्मन दूतावासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तर्फबाट धादिङ–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी आशिका तामाङ जर्मनीको स्थायी आवासीय अनुमति (पीआर)सम्बन्धी विवादपछि नेपालस्थित जर्मन दूतावासमा बोलाइएकी छन् ।

मनोनयन दर्ता गरेको केही घण्टामै तामाङसँग जर्मनीको पीआर रहेको विवरण सार्वजनिक भएपछि उनको संवैधानिक योग्यतामाथि प्रश्न उठेको हो । नेपालको संविधान र प्रचलित कानुनअनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्ति प्रतिनिधि सभा सदस्यका लागि अयोग्य हुने व्यवस्था छ ।

पीआरसम्बन्धी विवरण सार्वजनिक भएपछि रास्वपाभित्रै असन्तुष्टि देखिएको छ । यसअघि पनि पार्टी सभापति रवि लामिछानेको दोहोरो नागरिकता विवादका कारण उपनिर्वाचन हुनुपरेको पृष्ठभूमिमा तामाङको उम्मेदवारीले फेरि कानुनी जोखिम निम्त्याएको विश्लेषण गरिएको छ ।

अभिलेखअनुसार तामाङले सन् २०१७ नोभेम्बर ७ मा जर्मनीको स्थायी आवासीय अनुमति लिएकी थिइन् । पछिल्लो पटक सन् २०२३ मा नेपाली राहदानी नवीकरण गरी जर्मनी पुगेकी उनले सोही क्रममा पीआर कार्डसमेत नवीकरण गराएको देखिन्छ । जर्मन पीआरको म्याद सन् २०३३ सम्म कायम रहेको अभिलेखमा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १४:१८   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।